काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी भएको छ । कोरोना सङ्क्रमणको जोखिम अझै कायमै रहेकोले निषेधाज्ञा थप गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
आज उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने छ । बैठक आज ४ बजे बस्ने बताइएको छ ।
पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यस अघि केही खुकुलो गर्दै निषेधाज्ञा थपिएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८