काठमाडौँ । पछिल्लो २४ घण्टामा २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,१०८ पीसीआर परीक्षणमा २०१० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १,६०६ जना संक्रमणमुक्त भएका छन् भने, १८ जनाको मृत्यु भएको छ ।
यस्तै काठमाडौँ उपत्यकामा ४२५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा २९४, भक्तपुरमा ६९ र ललिपतुर ६२ रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८