काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ८४ जनामा गरिएको परीक्षणमा थप २३७० जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मुलुकभरमा ७६८९ जनाको पिसिआर परीक्षणबाट १६९० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३८९५ जनाको एन्टिजेन परीक्षणबाट ६८० जनामा पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११३३ जना सङ्क्रमणमुक्त भएका छन्।यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा यो सहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९४०० पुगेको छ।
प्रकाशित मिति: सोमबार, असार २८, २०७८