काठमाडौँ– कोरोनाका कारण यसअघि परीक्षामा सहभागी हुन नपाएका कक्षा १२ का विद्यार्थीले अब परीक्षा दिन पाउने भएका छन्। उक्त परीक्षा पुस १६ गतेदेखि सुरू हुने राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर जानकारी दिएको छ।
गत मंसिर ९ गतेदेखि १६ गतेसम्म कक्षा १२ को परीक्षा भएको थियो। कोरोना लागेका कारण कतिपय विद्यार्थी परीक्षामा सहभागी हुन पाएका थिएनन्। कतिपयले पूरै विषय त कसैले कुनै कुनै विषय मात्रै परीक्षा दिएका थिए।


प्रकाशित मिति: आइतबार, पुस १२, २०७७