काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्न निर्देशन दिएको छ। सोमबार मन्त्रालयले जरुरी सूचना जारी गर्दै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार यसै वर्ष (२०७७) देखि नै नयाँ पाठ्यक्रम लागू गर्न पुनः निर्देशन दिएको हो।
राजधानीका केही विद्यालयले सरकारको निर्देशन अटेर गर्दै महामारीको कारण देखाएर पुरानै पाठ्यक्रम अनुसार कक्षा सञ्चालन गर्न थालेका थिए। यस विषयमा नेपाल लाइभले समाचार प्रकाशन गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफूले सरोकारवालासँग छलफल गरेर अघि बढ्ने बताएका थिए।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७