काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीले परीक्षामा सहभागी हुन नपाउने भनी लोकसेवा आयोगले बनाएको मापदण्ड (स्वास्थ्य मापदण्ड ) तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोभिड–१९संक्रमितलाई पनि लोकसेवा आयोगका परीक्षामा सहभागी हुन पाउने गरी व्यवस्था गर्नुपर्ने भन्दै यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चले सबै परीक्षार्थीलाई सहभागी हुने वातावरण बनाउन समेत आदेश दिएको छ । आयोगले बनाएको मापदण्डले संक्रमित व्यक्तिहरू मात्र परीक्षा दिनबाट बञ्चित भई उनीहरूको संविधान प्रदत्त पेसा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको आधारमा विभेद विरुद्धको हक, छुवाछुत तथा भेदभाव विरुद्धको अधिकारको समेत उल्लंघन हुने भन्दै यस्तो आदेश जारी गरेको हो।


प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७