सरकारले आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने जनाएकाे छ ।
यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने बताएका छन् ।
कोभिड १९ का कारण पर्यटन क्षेत्र जोखिममा परेको भन्दै यसको प्रवद्र्धन गर्न सरकारले यस्तो योजना अघि सारेको हो ।
यसैगरी सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि ६ अर्ब बजेट छुट्याएकाे छ ।
यसैगरी सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न दिवा खाजा कार्यक्रम ७ अर्ब ५२ करोड विनियोजन गरिएकाे छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुने सरकारकाे अनुमान छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७