काठमाडौ । काठमाडौंस्थित केआइइसी प्रा. लि. ले शनिबारदेखि साताव्यापी रोड शो गर्ने भएको छ ।
‘स्टडी इन युके एन्ड अस्ट्रेलिया थर्ड रोड शो’ नाम दिइएको उक्त कार्यक्रममा युके र अस्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीहरूलाई जानकारी दिने उद्देश्य लिइएको केआइइसीको सञ्चालक राजेन्द्र रिजालले जनाए ।
रिजालका अनुसार शनिबार झापाको बिर्तामोड, आइतबार सुनसरीको इटहरी तथा सोमबार मोरङको विराटनगरमा रोड शो गरिने छ । यसैगरी मंगलबार, बुधबार र बिहीबार क्रमशः वीरगन्ज, चितवन र पोखरामा रोड शो हुने छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६