काठमाडौं : सात सन्तानकी आमा ६९ वर्षे युगमाया कार्कीले डी ग्रेडमा एसईई परीक्षा पास गरेकी छिन् ।
बिहीबार सार्वजनिक भएको माध्यामिक तहको अन्तिम परीक्षा एसईईमा कार्कीले डी ग्रेडमा पास गरेकी हुन् । ओखलढुंगा लिखु गाउँपालिका घर भएर भक्तपुरको गोठाटार बस्ने कार्कीले काठमाडौँ सुविधानगरमा रहेको उत्प्रेरणा महिला माविबाट गएको चैतमा परीक्षा दिएकी थिइन् ।सँगै परीक्षा दिएका कार्कीकी नाति रोहनले ए ग्रेड ल्याएका छन् ।
उक्त विद्यालयमा २०६१ सालबाट ७ जना महिलाहरुले सुरु गरेको यस विद्यालयमा कक्षा १ देखि १० सम्मको पढाइ हुन्छ । यहाँ १४ वर्ष माथिका महिलाहरुलाई पढाइन्छ। यहाँबाट २०६६ सालदेखि एसएलसी तथा एसइई दिने गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६