काठमाडौं : संघीय संसद्को बजेट अधिवेशन वैशाख १६ गतेदेखि बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन बोलाएकी हुन् ।
संघीय संसदको यो बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भई पारित हुने छ । संविधानको व्यवस्थाअनुसार सरकारले जेठ १५ गते संसदमा बजेट पेस गर्ने छ ।
बजेट प्रस्तुत गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । राष्ट्रपति भण्डारीले वैशाख २० गते सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा पेस गर्ने तयारी छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६