काठमाडाैं : प्रगतिशील लेखक सङ्घले विचारकै आधारमा साहित्यकार तथा कलाकारलाई राज्यले गिरफ्तार गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य नगर्न आग्रह गरेको छ ।
हामी कुनै पनि प्रगतिशील स्रष्टालाई राज्य तहबाट हुने कुनै पनि तहको दमनकारी क्रियाकलापका विरुद्ध आवाज उठाउनु नैतिक दायित्व ठान्दछौँ , प्रलेसका अध्यक्ष डाक्टर जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहद्वरा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, गिरफ्तार लेखक साहित्यकार एवं कविकलाकारको यथाशीघ्र रिहाइका लागि अपिल गर्दछौँ । पछिल्लो समयमा रसुवाली कविलाई सरकारले गिरफ्तार गरेको थियो ।
सङ्घले प्रस्तावित नागरिकता ऐन संंशोधन विधेयक २०७५का सम्बन्धमा निर्णय लिँदा जनमानसमा भइरहेको आलोचना र टीका टिप्पणीप्रति गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएको छ । -रासस
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६