हेटौंडा : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घलानलाई हेटौंडा उपमहानगरपालिका—८ फायरलाईनबाट प्रहरीले पक्राउ गरेको हो ।
सवारी साधन चेक गर्ने क्रममा मोटरसाइकलमा रहेका घलानसहित अर्का एक जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरेको औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
गत फागुन २८ गते सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएपछि दर्जनौं नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५