काठमाडौं : संघीय सांसद र राष्ट्रियसभा सांसदहरूको भिडियो प्रोफाइल निर्माणको काम आज शुभारम्भ भएको छ । ३३४ जना सांसदहरूको भिडियो प्रोफाइल निर्माणको काम सुरु भएको संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले बताए ।
प्रधानमन्त्रीदेखि सांसदसम्मको प्रोफाइलमा आफ्नो विषयमा आफैँले प्रस्तुत गर्नुपर्ने भएकाले सबैको आवाजसहितको भिडियो प्रोफाइल बन्न लागेको हो ।
सांसदहरूको भिडियो निर्माणको काम तीन महिनामा सम्पन्न हुने विज्ञ अधिकारीले बताए । उनका अनुसार बनाइएको भिडियो प्रोफाइललाई संसद सचिवालयको वेवसाइटमा राखिनेछ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५