झापा : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले मुलुकभित्रका असन्तुष्टिहरुलाई वार्ताबाटै सामाधन गर्नुपर्ने बताएका छन् । सोमबार प्रेस युनियन झापा जिल्लाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता सिंहले मुलुकभित्र उठेका राजनीतिक आवाजहरुको समाधान दमनबाट नभई वार्ता र छलफलबाटै गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेसले सुरु गरेको शान्ति प्रक्रियाका बााँकी काम पूरा गर्न सबै जिम्मेवार हुनुपर्ने बताए ।
नेता सिंहले कांग्रेसलाई बलियो र सशक्त पार्टी बनाउन देशभरका नेता कार्यकर्ताहरुसँग राय सुझावका लागि आफु जिल्ला जिल्लामा पुगिरहेको बताए । बलियो र ससक्त कांग्रेसको संगठन निर्माण गरेसी मात्र मुलुकमा देखिएका चुनौति सामना गर्न सकिने तर्फ जिम्मेवार बन्न पनि सिंहले नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५