काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि जिल्ला दौडाहा निस्किएका छन् ।
सभापति शेरबाहुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पछि सिंह पनि जिल्ला दौडमा निस्किएका हुन् ।
कांग्रेसमा नेतृत्वको बहस चर्किरहेका बेला सिंहको जिल्ला दौडलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । आइतबार झापा हुँदै सिंह इलाम, पाँचथर, ताप्लेजुङमा हुने पार्टी कार्यक्रममा सहभागी हुने उनका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिए ।
उनका अनुसार चैत्र १० गते कांग्रेस झापा जिल्लाको आयोजनामा हुने छलफल कार्यक्रममा सहभागी हुँदै सोमबार ईलाम, मंगलबार पाँचथर र बुधबार ताप्लेजुङ जिल्लाको कार्यक्रममा सहभागी हुने छन् ।
सिंहसँगै कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं र काठमाडौ जिल्ला सभापति सबुझ बाँनिया पनि टोलीमा रहेका छन् ।
संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाविरूद्द उठेका सिंहलाई १४ औं महाधिवेशनमा सभापतिका सम्भावित उम्मेदवारका रूपमा समेत हेरिन्छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५