काठमाडौं : पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा शान्तिवाटिकामा दीप प्रज्ज्वलन भएको छ । नेपाल विद्यार्थी संघले वाटिकामा दीप प्रज्ज्वलन गरेको हो । संघका पूर्वमहामन्त्रीद्वय मनोजमणि आचार्यको प्रमुख आतिथ्य र प्रतिमा गौतमको विशेष आतिथ्यमा दीप प्रज्ज्वलन भएको हो । गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा हिँड्दा नै उनीप्रति सच्चा सम्मान हुने नेता आचार्यले बताए ।


प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५