काठमाडौं । नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी पार्टीमा प्रवेश गरेकी छन् ।
नेपाल प्रहरीका पूर्व अधिकारीहरु राजनीतिमा प्रवेश गर्ने क्रममा थापा फोरम प्रवेश हुन् । थापा फोरम नेपालमा प्रवेश गरेको सो पार्टीकी उपाध्यक्ष रेणु यादवले पुष्टि गरेकी छन् ।
प्रहरी सेवाबाट अवकाश पाएपछि सार्वजनिक रुपमा त्यति नदेखिएकी थापा राजनीतिमा लाग्ने भएकी हुन् । फोरममा उनी कुन जिम्मेवारीमा छिन् भन्ने चाँहि स्पष्ट भएको छैन ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदमा पुगेर महानिरीक्षकको योग्यता पूरा गरेपनि उनीभन्दा ११ महिना जुनियर उपेन्द्रकान्त अर्याललाई सरकारले प्रहरी महानिरीक्षक बनाएपछि उनी सो पदमा पुग्नबाट बन्चित भएकी थिइन् ।
आफूमाथि अन्याय भएको भन्दै उनी सर्वोच्च पुगेपनि समयमा नै फैसला आएन । यसअघि महानिरीक्षक बन्ने लाइनमा भएपनि सो पदमा नपुगेपछि पूर्वडिआईजी नवराज सिलवाल नेकपा प्रवेश गरी ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५