नेपाली कांग्रेस केन्द्रीय समितिले अनुशासन समिति गठन गरेकाे छ । महाधिवेशन भएकाे झण्डै तीन वर्षपछि बल्ल गठन भएकाे हाे ।
भीष्मराज आङ्देम्बे संयाेजक रहेकाे समितिमा किशाेरसिंह राठाेर र देवेन्द्रराज कँडेल सदस्य छन् । आज चयन भएका तीनै जना देउवा समूहका हुन् भने रामचन्द्र पाैडेल समूहबाट भाेलि नाम आएपछि भाेलि मात्रै समितिले पूर्णता पाउने कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले आजकाे न्युजलाई बताए । उनका अनुसार शीर्ष तहमा सहमति जुटेपछि केन्द्रीय समिति बैठक अहिले बसिरहेकाे छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५