काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले सेना परिचालन सम्बन्धि बिधेयकमा विरोधको आधार के हो भन्दै कांग्रेसलाई प्रश्न गरेका छन् । आफ्नो फेसबुकवालमा सेना परिचालनका बारेमा नेपाली कांग्रेसको बिरोधको आधार के हो ? भन्दै उनले प्रश्न गरेका हुन् । आइतबार कांग्रेसले सो विधेयकको विरोध गर्दै विज्ञप्ति जारी गरेको थियो ।
‘रक्षामन्त्री ईश्वर पोखरेल मार्फत सरकारले सेना परिचालन सम्बन्धि बिधेयक संसदमा दर्ता गरेको छ । नेपाली कांग्रेसले सेना परिचालनका सन्दर्भमा प्रधानमन्त्रीलाई जोडेर बिरोध गरेपछि कुनै गल्ती पो भएको रहेछ कि भनेर मैले बिधेयक राम्ररी पढे ।
बिधेयकको दफा ६ को २ मा सुरक्षा परिषदको सिफारिसमा मन्त्रीपरिसदको निर्णय पछि रास्ट्रपतिद्वारा सेना परिचालन हुने उल्लेख छ ,’ भट्टराईले लेखेका छन्, ‘ सोही दफाको ३ मा परिषदको बैठक हुन नसकेमा अध्यक्ष (प्रम) को सिफारिसमा मन्त्रिपरिषदको निर्णय पश्चात रास्ट्रपतिद्वारा सेना परिचालन हुने उल्लेख छ । सोही दफाको ३ मा यो निर्णयलाई संसदबाट अनुमोदन गराउनु पर्ने स्पस्ट उल्लेख छ । यो बिधेयकले प्रमलाई मात्र एकल अधिकार दिएको छैन् । बिधेयकमा स्पस्ट उल्लेख हुँदाहुँदै कांग्रेस जस्तो लामो संसदिय अभ्यासबाट खारिएको पार्टीको हतारमा बिरोधको आसय बुझ्न् सकिएन ।’
कांग्रेसले के भनेकाे थियाे ? याे पनि पढ्नुस् :
प्रधानमन्त्रीबाट सेना परिचालन गर्न सक्ने विधेयक असंवैधानिक र आपत्तिजनक : कांग्रेस
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५