सिराहा : मधेसमा पृथकतावादी अभियान चलाइरहेका डा. सिके राउतले आफ्नो पार्टीको नाम जुराएका छन् । यसअघि स्वतन्त्र मधेस गठबन्धनको नाममा पृथकतावजादी गतिविधि गर्दै आएका उनको पार्टीको नाम ‘जनमत पार्टी’ रहने भएको छ ।
सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको बैठकका उक सहभागिले बताए । लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति पनि निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा। सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् ।
बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भन्दै स्वागत गरेको छ ।
यस्तो छ केन्द्रीय समिति
सीके राउत अध्यक्ष छन् । जहाँ केन्द्रीय सदस्य भने कैलाश महतो ९महोत्तरी० राजकुमार यादव, अब्दुल खान , चन्द सिंह , बबिता इसर , कौशिला महतो , परमेश्वर मुर्मु, सीताराम पण्डित, सुरेन्द्र शर्मा , सरिता यादव, इन्द्रजीत यादव, सञ्जय यादव, नरेश कुशहवा, वीरेन्द्र साह छन् । त्यस्तै, दिनेश यादव, सञ्जय शाह धु्रव गौड , भोपेन्द्र यादव, हकिकुल्ला खान, राधा यादव, इरफान अहमद शेष, महेन्द्र प्रसाद चौधरी , दुर्गा चौहान र आसा मेहता छन् ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५