काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको औपचारिक बिदाइ गरिएकाे छ ।
मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको ४ वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको धारणा राखे ।
उनले सुरुमा घिसिङले जिम्मेवारी सम्हाल्दा माफियाको चङ्गुलमा फस्ने हाे कि भन्ने डर लागे पनि पछि धेरै नाफा हुने संस्थानको रुपमा प्राधिकरणको विकास गर्न सफल भएकोमा सरकारले पुनः घिसिङलाई नियुक्ति गर्ने छ भन्ने आशा बाँकी नै रहेको बताए ।
मन्त्रिपरिषद्ले घिसिङलाई पुनर्नियुक्ति गर्न सक्ने चर्चा चलिरहेकाले बिदाइ कार्यक्रमलाई २ दिनसम्म रोकिएको थियो ।
सोमवारको मन्त्रिपरिषद् बैठकले पुनर्नियुक्तिको निर्णय नगरेपछि मंगलबार कर्मचारीहरूले उनको बिदाइ गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७ १४:५८