नेपालको इतिहासलाई हेर्दा विक्रम संवत् १६१६ असोज २५ गते अहिलेको नेपाली सेनाको स्थापना भएको पाइन्छ । लमजुङका राजकुमार द्रव्य शाह वि.सं. १६१६, भाद्र वदी, अष्टमी तिथि, रोहिणी नक्षेत्र, बुधबारको दिन लिगलिगकोटको राजा भए । त्यही मितिबाट राजा द्रव्य शाहले नारायण अज्र्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राज पुरोहित, गणेश पाँडेलाई प्रशासन हेर्ने मन्त्री, भगीरथ पन्तलाई सेनापति, केशव बोहोरालाई भूमि विभागको प्रमुख तथा गंगाराम राना मगरलाई प्रधानन्यायाधीश (न्याय विभाग प्रमुख) नियुक्त गरेका थिए । प्रशासन हेर्ने १, सेना हेर्ने १, भूमिसम्बन्धी हेर्ने १ तथा न्याय हेर्ने १ गरी जम्मा ४ जना काजी (मन्त्री) को व्यवस्था भएको थियो । यो प्रथा पछिसम्म पनि रह्यो । त्यही मितिबाट सैनिक संगठन खडा भएकोले तिनै सेनाको विकासक्रम अहिलेको नेपाली सेना हो । यसर्थ नेपाली सेना वि.सं. १६१६ मा खडा भएको हो भने नेपाली सेनाको पहिलो सेनापति भगीरथ पन्त हुन् ।
त्यस बेला लिगलिगकोट, उपल्लोकोट र तल्लोकोट गरी ३ वटा साना भुरे राज्य थिए । ती सबैलाई राजा द्रव्य शाहले एकीकरण गरेर एउटै राज्य बनाई, गोर्खा नामकरण गरेर गोर्खा राज्य स्थापना गरेका थिए । नेपाली सेनाले आफ्नो जन्म दिवस सोही तिथीमितिलाई मान्नु उचित हुन्छ । किनभने १६१६ सालमा स्थापित लिगलिगकोट राज्यको विकासक्रम नै विशाल नेपाल हो । त्यसैगरी सो राज्य स्थापना गर्ने उनै द्रव्य शाहका सन्तानको निरन्तरता पूर्वराजा ज्ञानेन्द्रसम्म हुन् । राजा द्रव्य शाहले नियुक्त गरेको पहिलो सेनापति भगीरथ पन्तको मातहतमा खडा भएको सेनाको क्रमिकता वर्तमान सेना हो । गोर्खा राज्यको इतिहास लिगलिगकोटबाट शुरु भई, गोर्खा, नुवाकोट, कान्तिपुर, टिष्टा नदीबाट कांगडा पुगेर विशाल नेपाल बनेको पाइन्छ ।
नेपाली सेनाले आफ्नो इतिहासबारे अनुसन्धान नै गरेको छैन । केहीले पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेको विसं १८०१ र केहीले पश्चिमाहरुको जस्तो सेनाको कम्पनी खडा गरेको १८१९ फागुनलाई सेना दिवसका रुपमा केही सिभिलियनहरुले लेखिदिएका छन् । ती गलत छन् । पृथ्वीनारायण शाहले वि.स. १८१९ मा पाँच कम्पनीहरू( श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी (पछि बर्दबहादुर भनियो) र सबुजको स्थापना गरे । यो कार्य नेपालको सैनिक इतिहासमा विभिन्न पक्षबाट कोशेढुङ्गा प्रमाणित भएको छ । राजाहरूको गणना गर्दा द्रव्य शाहदेखि पूर्वराजा ज्ञानेन्द्रसम्मको इतिहास लेखिने अनि नेपाली सेनाको इतिहासचाहिँ पृथ्वीनारायण शाहबाट मात्र शुरु हुनु न्यायोचित हुँदैन ।
अहिलेको नेपाली सेना द्रव्य शाहले स्थापना गरेको सेनाकै निरन्तरता हो । राजनीतिक इतिहास भन्दा माथी सेनाको इतिहास छैन । राजनीतिक इतिहास द्रव्य शाहकै पालादेखिको निरन्तरता मानिएको छ । नेपाली सेनाले पहिलो पटक विदेशीसँग युद्ध लडेको वि सं १८२० मा हो । मकवानपुरमा बंगालको मिरकासिम नेतृत्वको सेनासँग लडेर विजय हासिल गरेको थियो । त्यतीबेला बंगालको फौजबाट ५ सय राइफल र २ वटा तोप खोसिएको थियो ।
नेपालमा सेना दिवस मनाउने परम्पराको शुरुवात तत्कालित श्री ५ बडामहाराजधिराज विरेन्द्र विरविक्रम शाहदेव र तत्कालिन प्रधानसेनापति सच्चीत शमशेर राणाको पालामा भएको हो । संसारभरी सेना दिवस ३ वटा दिनहरुमध्ये एउटामा मनाइने चलन छ । सेना स्थापना गरिएको दिन, ठुृलो युद्ध जितेको दिन र देशले स्वतन्त्रता पाएको दिनलाई सेना दिवसका रुपमा मनाउने अभ्यास संसारमा पाइन्छ । तर, नेपाली सेना दिवस जुन दिन मनाइन्छ त्यो दिन यी तिनवटै कुरा पर्दैनन् ।
नेपालमा सेनाले शिवरात्री मनाउँदै आएको थियो । राजा विरेन्दले अरु देशको सेना दिवस मनाउको देख्छु हाम्रो छैन भनेर तत्कालिन सेनापति राणासँग कुरा गरेपछि खसेना दिवस मनाउने चलन प्रारम्भ भयो । शिवरात्री सेनाले पहिले देखिनै मनाउने गथ्र्यो । त्यही दिनलाई सेना दिवसका रुपमा मनाउनुको कारण चाहीँ खर्च र समय जोगाउन हो ।
(नेपाली सेनाको पूर्वव्रिग्रेडियर जनरल बस्न्यातले नेपालको सैनिक इतिहासमा विद्यावारिधि गरेका छन् )
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५