काठमाडौं । आइतबारदेखि सुरु भएको अन्तर प्रदेश परिषदको बैठक सकिएको छ ।
बैठकको निश्कर्षसहितको प्रतिवेदन एक हप्ताभित्र बनाउन कार्यदल गठन गरिएको छ ।
कार्यदलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहेका छन् ।
कार्यदलले पुस ३ गते दिउँसो १ बजे संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित कार्यक्रममा प्रतिवेदन बुझाउने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५