काठमाडौँ । जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न काठमाडौँ महानगरले निजी विद्यालयहरूलाई निर्देशन दिएको छ ।
महानगरले त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित निजी विद्यालयबाट कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको विवरण पेस गर्न भनेको हो ।
निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रमा जम्मा विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न भनेको छ ।
त्यसरी प्रदान गरेको छात्रवृत्तिको विवरण विद्यालयले आफ्नो वेबसाइटमा प्रकाशन गर्न समेत महानगरले निर्देशन दिएको छ । भनेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०