काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा पनि हैजा संक्रमण देखिएको छ । पालिकाको ५ नम्बर वडाका एक जनामा हैजा देखिएसँगै यो वर्ष हैजा सङ्क्रमितको संख्या ५९ पुगेको छ ।
हालसम्म काठमाडौँ उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाँक्रे गाउँपालिकामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै २७ जना तथा ललितपुरमा ६ र भक्तपुरमा ३ जनामा हैजा पुष्टि भएको छ ।
हालसम्म परीक्षण गरिएकामा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९