काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 
 
महाशाखाले आज देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । 
यसैगरी, अन्य  पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।
यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ । 
त्यस्तै, देशका पहाडी भूभागका एक दुई स्थानमा भने हल्का बर्षा हुने सम्भावना रहेको छ । 
आज राति देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। 
प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना छ।
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७