नेपाल प्रहरीले आज देशका विभिन्न स्थानमा ६५ औं प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्रबहादुर धानुक लगायत उपस्थित भएका थिए ।
प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौँडाले अमर प्रहरीका परिवार तथा शान्तिसुरक्षा स्थापनाका लागि योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । उनीहरुलाई प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सम्मान गर्नुभएको थियो ।
त्यसैगरी विभिन्न स्थानमा दिवस मनाइएको छ । हेरौँ तस्विर
.JPG)
पैँसठिऔँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलबाट सम्मान ग्रहण गर्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद पाण्डे ।
.JPG)
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल ६५ औँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा आफ्ना भनाई राख्दै ।
.JPG)
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल ६५ औँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा अमर प्रहरीलाई श्रद्धाञ्जलि अर्पण गर्दै ।
.JPG)
पैँसठिऔँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा सहभागी हुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्रबहादुर ।
.JPG)
पैँसठिऔँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा सम्मान ग्रहणपछि भावबिह्वल अवस्थामा अमर प्रहरीका आश्रित परिवार ।
.JPG)
सठिऔँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा सम्मान ग्रहणपछि भावबिह्वल अवस्थामा अमर प्रहरीका आश्रित परिवार । 
पैँसठिऔँ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रहरीलाई पुरस्कृत गर्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेल ।

तनहुँको घिरिङ गाउँपालिका–३ प्रहरी चौकीलाई निःशुल्क जग्गा दान दिने स्थानीय मीनकुमार श्रेष्ठलाई शुक्रबार सम्मान गर्दै प्रहरी उपरीक्षक अरुण पौडेल ।

पैँसठिऔँ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजित कार्यक्रममा वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्य ।

पैँसठिऔँ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजित कार्यक्रममा वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्य ।

पैँसठिऔँ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजित कार्यक्रममा प्रहरी स्मारकमा सलामी अर्पण गर्दै प्रमुख सेनानी मनोज गुरुङ ।

पैँसठिऔँ प्रहरी दिवसका अवसरमा बाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समारोहमा सम्मानित भएपछि भावविह्वल हुँदै सेवारत रहँदा ज्यान गुमाएका अमर प्रहरीका श्रीमती ।
.jpg)
.jpg)
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७