काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ। ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध नेकपाकै सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिलाई लिएर केही दिनयता दुई अध्यक्षबीच छलफल चलिरहेको छ।
मंगलबारको भेटपछि मुख्यमन्त्री शाही लगायत कर्णाली प्रदेशका नेकपा पदाधिकारीलाई काठमाडौं बोलाइएको छ। उनीहरुलाई बिहीबार सँगै राखेर छलफल गर्ने बताइएको छ।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७