काठमाडौं । काठमाडौंको तार्केश्वरमा रहेको काभ्रेस्थली माविको नयाँ भवन बुधवार हस्तारण गरिएको छ । भूकम्पबाट भत्किएको भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई ( शिक्षा)ले पुनर्निर्माण गरि बुधबार स्थानीयलाई हस्तारण गरेको हो ।
भूकम्पपश्चात भत्किएका बिद्यालयहरुका भवन पुर्नर्निर्माणका लागि उमा एण्ड एसोसिएसन जेभिले सम्पूर्ण डिजाइन र सुपरभिजनको काम गरेको हो । नेपाली इन्जिनियरिङ परामर्शको क्षेत्रमा नेतृत्वदायी भूमिका खेलिरहेको इआरएमसी सहितका राष्ट्रिय अन्तरष्ट्रिय संस्थाहरुले तयार गरेको डिजाइन र अनुगमनका आधारमा निर्माण भएको यो बिद्यालय भवन आज एक समारोहका बिच पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले उद्घाटन गरि स्थानीयलाई हस्तातरण गरेका हुन ।
नयाँ बिद्यालय भवन पाएपछि स्थानीय बासिन्दा र बिधार्थीहरु हर्षित भएका छन् । भूकम्पले भवन भत्काई दिएपछि लामो समय देखि विद्यार्थीहरु भवन विहिन अवस्थामा रहेका थिए । सरकारले बिधालय पुनर्निर्माणको कामलाई तिव्रताका साथ अघि बढाइरहेको छ । यस अघि पनि बिभिन्न जिल्लामा बिधालय भवनहरु निर्माण सम्पन्न गरि स्थानीय जनतालाई हस्तातरण गरिसकिएको छ ।






प्रकाशित मिति: बुधबार, असोज २१, २०७७