काठमाडाैं । बहुचर्चित युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक विष्णु क्षेत्रीको मृत्यु भएको छ ।
बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार बिहान ९ बजे ४६ वर्षीय क्षेत्रीको मृत्यु भएको अस्पताल स्राेतले जनाएकाे का सञ्चालक लोक बहादुर टण्डनले रातोपाटीलाई बताए ।
मेडिसिटी अस्पतालमा उपचार गराइरहेका क्षेत्रीलाई ४ दिनअघि मात्रै ग्रिनसिटी अस्पतालमा ल्याइएको अस्पतालका लोकबहादुर अध्यक्ष टण्डनले बताए । उनले भने, ‘मेडिसिटी उपचार गराइरहेका थिए, समस्या झन् झन् बढेपछि बिहीबारमात्रै क्षेत्रीलाई यहाँ ल्याइएको थियो । तर आइतबार बिहान ९ बजे उहाँको निधन भयो ।’
टण्डनका अनुसार उनलाई जन्डिस बिग्रिएपछि अस्पतालमा लगिएको थियो । सुरुमा मेडिसिटी अस्पतालमा उपचार गरिएको भएपनि उनको स्वास्थ्यमा सुधार नआएपछि क्षेत्रीलाई ग्रिनसिटीमा ल्याइएको थियो । अस्पताल ल्याउँदा नै क्षेत्री होसमा नभएको टण्डनले बताए ।
अत्याधिक मदिरा सेवनका कारण क्षेत्रीको मल्टीअर्गान फेलिएर भएको टण्डनले बताए । पछिल्लो समय उनलाई जण्डिस भएको थियो । तर त्यही समयमा पनि उनले मदिरा सेवन गरेको कारण उनको कलेजो, मिर्गौला र मुटुमा समस्या देखिएको थियो । यी तीनै अङ्गले काम गर्न छाडेपछि आइतबार बिहान उनको मृत्यु भएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७