काठमाडौँ । काठमाडौँको वानेश्वरमा रहेको आनन्द इभेन्ट्सले वानेश्वरमा दिन दुःखी र निमुखाहरुलाई खाना वितरण कार्यको व्यवस्थापन गरेको छ ।
यस क्षेत्रको चर्चित पार्टी प्यालेसको रुपमा रहेको इभेन्ट्सले आफ्नो सामाजिक दायित्व अन्तर्गत कोरोना महामारीको बेला रोजगारी गुमाई छाक टार्क मुस्किल भएकाहरुका लागि भोजनको व्यवस्था गरेको हो । हेल्पिङ ह्यान्डस फर ह्युमानिटी, बानेश्वर एकता समाज, श्री रत्न पुस्तकालय, बुद्धनगगर एकता टोल समिति र पञ्चकुमारी समाजद्वारा संयुक्त रुपमा आयोजना यो भोजन वितरण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन आनन्द इभेन्ट्सले गरेको हो ।
इभेन्टसले भोजन वितरणको सम्पूर्ण व्यवस्था मात्रै गरेन, उसले खाना पकाउने स्थान, पकाउने सेफ र प्याकिङ गर्ने कर्मचारी उपलब्ध गराउनुका साथै आफ्नै भ्यानमा समेत वितरण गरेको जनाएको छ ।
संकटको यस घडीमा व्यवसाय भन्दा पनि समाजिक उत्तरदायित्वलाई महत्व दिई यसरी भोजन वितरण कार्यको नेतृत्व व्यवस्थापन गरेकामा अन्य सहभागी सबै सामाजिक संस्थाहरुले इभेन्ट्सको प्रसंसा गरेका छन् ।
कोराना भाइरसको महामारीले रोजागरी गुमाएका दिनदुःखीहरुलाई भोजन वितरण कार्यको नेतृत्व गर्न पाएकामा आफूलाई खुसी लागेको इभेन्ट्सका अध्यक्ष सकुन्दराज अर्यालले बताएका छन् । महामारकिो त्रासमा रहेको समाजलाई योगदान गर्ने कार्य आगामी दिन पनि जारी रहने अर्यालले बताएका छन् ।
इभेन्ट व्यवस्थापन र सीपमूलक शिक्षा दिने मूल उद्देश्य भए पनि समाजमा भईपरी आउने सबै अप्ठ्यारा अवस्थामा आफूहरुले हातेमालो गरिरहेको र आगामी दिनमा पनि आफ्नो सामाजिक दायित्व अन्तर्गतको यस दायित्वलाई निरन्तरता दिने आर्यालको भनाइ छ ।
यतिबेला कोरोना महामारीको त्रासले छाक टार्न मुस्किल भएकाहरुलाई भोजन गराउने कार्यक्रम राजधानीका विभिन्न ठाउँमा स्थानीय स्तरमा भइरहेका छन् । इभेन्ट्सले पनि विभिन्न संघ संस्थाहरुसँग मिलेर यस्तो कार्य गरिरहेको र यो निकै प्रभावकारी भइरहेको सहकार्य गरिरहेका अन्य संस्थाहरुले बताएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७