काठमाडाैं । फोहर बाेकेर नुवाकोटकाे सिसडोल ल्यान्डफिल साइट जाँदै गरेको मिनीट्रक शुक्रबार बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।
फोहाेर बोकर पासाङ ल्हामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ ।
ना २ क ३३८ नम्बरको मिनीट्रक दुर्घटना हुँदा चालक माइला तामाङ र र धादिङको गल्छी गाउँपालिका घर भएका ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरी चौकी तिनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापामगरले जानकारी दिए ।
उनका अनुसार तीव्र गतिकाे मिनीट्रक अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेकाे थियाे । दुर्घटनापश्चात च्यापिएर उनीहरुको मृत्यु भएको हो ।
ज्यान गुमाएका चालकलाई च्यापिएको स्थानबाट निकाल्न दुर्घटनामा परेको मिनीट्रक नै हटाउनुपर्ने भएकाले स्कारभेटर मगाइएको ककनी गाउँपालिका उपाध्यक्ष सीता खतिवडा (लामा)ले जानकारी दिइन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६