काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गलमा गौरीशकंर पेन्टस कारखानामा आगलागी भएको छ । बिजुली सर्ट भएर कारखानामा आगलागी भएको हो ।
महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख डीएसपी कुमारविक्रम थापाका अनुसार २ वटा दमकल र २ वटा पानीको ट्यांकरकाे सहायतामा आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट कारखानामा रङ्ग बनाउने मेसिन, केमिकल, कागजपत्र तथा अन्य सरसामान जलेर नष्ट भएको प्रहरीको भनाइ छ । के कति क्षति भयो भने एकीन विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६