काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजको विद्यार्थी चढेको बस दुर्घटना भएकाे छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।
शुक्रबार बिहान कलेजबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकका लागि जाँदै गरेको रिद्धिसिद्धि यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको प्रहरीले जनाएकाे छ ।
घाइतेहरुकाे इवामाेरा अस्पताल र भक्तपुर अस्पतालमा उपचार भइरहेकाे छ । घाइतेमध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे र अन्य २० जनाको अवस्था सामान्य रहेकाे बताइएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६