दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलमा बुधबार राति स्काभेटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
दुर्घटनामा बिगु गाउँपालिका ४ खोपचाँकुका राजु थामीको उपचारको क्रममा मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका २ का सुमन थामी, बिगु गाउँपालिका वडा नम्बर ७ का बिजय श्रेष्ठ र कालिन्चोक गाउँपालिका वडा नम्बर ४ चिउरीखर्कका राजकुमार थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरिक्षक यज्ञानन्द साहले जानकारी दिए ।
घाइतेहरु सुमन थामी र राजकुमार थामिको टिचिङ हस्पिटल काठमाडौमा र अर्का घाइते विजय श्रेष्ठको ग्रान्डी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।
मृत्युु भएका राजु थामीको शव प्राथमिक स्वास्थ केन्द्र चरिकोटमा राखिएको प्रहरीले जनाएको छ । नगरपालिकाको गौतम टोलबाट भीमेश्वर मन्दिरतिर जाँदै गरेको स्काभेटर अनियन्त्रित भई दुर्घटना भएको थियो।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६