कञ्चनपुर । कञ्चपुरमा जंगली हात्तीको आक्रमणबाट २ महिलाको मृत्यु भएको छ ।
जिल्लाको महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्ने क्रममा बुधवार बिहान जंगली हात्तीको बथानले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो।
हात्तीकाे आक्रमणबाट ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा महाकाली नगरपालिका–२ की बसन्ती भट्ट र सोही ठाउँकी भुलीदेवी बोहरा रहेको प्रहरी निरीक्षक चेतराज पनेरुले बताए ।
घाइते हुनेमा सुनिता विष्ट, सरिता ओझा, ललिता बोहरा र उमा साउद छन् । घाइतेमध्ये विष्ट र ओझाको अवस्था गम्भीर रहेको जनाइएकाे छ।
घाइतेलाई उपचारका लागि भारतको खटी अस्पताल लागिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६