काठमाडौं । सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम राेकिदिएकाे छ ।
न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो । मोक्तानको इजलासले दुवै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ ।
पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकी, रञ्जुहजुर पाँडे र भरत बस्नेतले हालेको रिटको सुनुवाइ गर्दै अदालते उक्त आदेश दिएको हो ।
यो आदेशसँगै विमानस्थलका लागि भन्दै रुख काट्ने काम पनि तत्काललाई रोकिने छ ।
रिट निवेदकहरुले निवेदनको अन्तिम टुंगो नलागेसम्म विमानस्थल निर्माण कार्य अघि नबढाउनु भनी तत्काल अन्तरिम आदेशको माग गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६