काठमाडौं : भारत उत्तर प्रदेशको अमेठीबाट लोकसभा चुनाव २०१९ मा पराजित भएसँगै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् ।
भारतीय समाचार माध्यमहरूका अनुसार उनले पार्टी संरक्षक सोनिया गान्धीसमक्ष राजीनामा पत्र बुझाए । राजीनामा पत्र बुझाउनुअघि गान्धीले पत्रकार सम्मेलन गरी अमेठीमा आफूले हार ब्यहोरेको स्वीकार गरेका थिए ।
याे पनि पढ्नुहाेस् :
हार स्वीकार्दै राहुलले दिए मोदीलाई बधाई
राहुल गान्धीको अध्यक्षतामा लडेको पहिलो लोकसभा चुनावमा कांग्रेसको स्थिति सुधारिनुको साँटो अध्यक्ष स्वयं नै लोकसभा चुनावमा पराजित भएपछि उनले राजीनामा दिएको स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाए ।
उत्तर प्रदेशको अमेठी र केरलाबाट चुनाव लडेका गान्धीले केरलामा चुनाव जिते भने अमेठीमा पूरा मतपरिणाम आउनुपूर्व नै स्वयं भाजपाकी नेतृ स्मृता इरानीसँग पराजित भएको स्वीकार गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६