काठमाडौं : भारतीय शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । पहिलो पटक भारतीय शेयर बजारमा सेन्सेक्सले ४० हजारको र निफ्टीले १२ हजारको आँकडा पार गरेर नयाँ रेकर्ड बनाएका हुन् ।
लोकसभाको चुनावी नतिजाले भाजपालाई बहुमत मिल्ने संकेत देखिएसँगै भारतीय शेयर बजारमा सेन्सेक्स र निफ्टीले नयाँ उचाई लिएको जनाइएको छ । विश्लेषकहरुका अनुसार लगानीकर्ताले भाजपाकै नेतृत्वमा स्थिर सरकार बन्ने अनुमानका आधारमा शेयर बजारमा लगानी तीव्र पारेका छन् ।
सेन्सेक्स ९७३ अंकले बढेर ४० हजार ९४ मा र निफ्टी ३०० अंकले बढेर १२ हजार ३८ मा कारोबार भइरहेका छन् । प्रिमार्केटमा सेन्सेक्स ४८१ अंकको बढोत्तरीका साथ ३९ हजार ५९१.७७ मा खुलेको थियो भने निफ्टी १६३.३० अंकको बढोत्तरीका साथ ११ हजार ९०१ मा खुलेको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६