नाम : गिरिजाप्रसाद कोइराला
जन्म मिति : १९८१ साल असार १८ गते
जन्मस्थान : बिहार, सहरसा, टेडी, भारत
पिता : कृष्णप्रसाद कोइराला
माता : दिव्या कोइराला
शिक्षा : आइए
नेपाली काङ्ग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२५ अर्थात वि.सं. १९८१ मा स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाको कान्छा छोराको रुपमा भएको हो । त्यतिबेला कोइराला परिवारले जहानिया राणा शासनको विरोध गरेवापत भारतको बिहार राज्यको टेडी, सहर्षामा निर्वासित जीवन बिताइरहेका थिए ।
उहा“ गर्भमा रहेका बेला मातापिता गिरिजादेवीको मन्दिरमा जाने गर्नुहुन्थ्यो । र, पुजारीले सन्तानको रुपमा छोरा जन्मे गिरिजाप्रसाद र छोरी जन्मे गिरिजादेवी राख्ने सल्लाह दिएका थिए । त्यसै अनुसार उनको नाम गिरिजाप्रसाद राखिएको थियो । उनले भारतबाट अङ्ग्रेज धपाउने आन्दोलन नजिकबाट देख्ने मौका पाएका थिए । अल्पायुगमा नै राजनीतिमा लागेका कोइरालाले सन् १९५०–५१ को नेपालमा प्रजातन्त्र पुनर्बहालीको राजनीतिमा लागेका थिए । कोइराला सन् १९४७–४८ को विराटनगरस्थित जुटमीलको मजदुर हडतालमा सक्रिय सहभागी थिए ।
राणाशासन कालमा परिवारस“गै जेल परेका कोइराला राणाशासनको अन्त्यपछि नेपाली काङ्ग्रेस मोरङ जिल्ला सभापति भए । उनले नेपाल ट्रेड युनियन काङ्ग्रेस (नेकाको मजदुर एकताका लागि खोलिएको भातृ संगठन) को संस्थापक सदस्य थिए । पछि अध्यक्ष समेत भए । २०१७ सालमा प्रजातन्त्रको अपहरण पछि उनले तत्कालिन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरु सैयौं नेतासँग नजरबन्द र त्यसपछि ७ वर्ष लगातार जेल सजाय भोगेका थिए ।
२१ दिन भोक हड्ताल पछि उनलाई सन् १९६७ मा जेल मुक्त गरियो । सन् १९८६ मा उनकी धर्मपत्नी सुश्मा कोइरालाको निधन भयो । कोइरालाले सन् १९७१ देखि भारतमा भूमिगत जीवन विताए । सन् १९७६ मा भारतको पटनामा भएको नेकाको अधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि उनी डेढ दशकसम्म (२०३३–४७) सो पदमा रही २०४८ को आमनिर्वाचिनपछि जननिर्वाचित प्रधानमन्त्री (२०४८ साल जेठ १२ देखि २०५१ मंसिरसम्म) भए । प्रधानमन्त्री नियुक्त हु“दा कोइराला नेपाली काङ्ग्रेसका महामन्त्री थिए । कोइराला २०४८ को आमनिर्वाचनमा मोरङ क्षेत्र नं. १ सुनसरी क्षेत्र नं. ३ का साथै २०५१ सालको मध्यावधी निर्वाचनमा मोरङ क्षेत्र नं. १ र सुनसरीको क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । २०५३ साल वैशाख २६–२८ मा काठमाडौंमा भएको नेकाको नवौं महाधिवेशनमा उनी पार्टी सभापति भए । सूर्यबहादुर थापाले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस संसदीय दलका नेताका हैसियतले अल्पमतको सरकारको नेतृत्व गर्दै २०५४ साल चैत ३० गते दोस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त भए ।
२०५४ साल फागुन २१ गते प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएपछि नेपाली काङ्ग्रेस प्रतिनिधिसभामा सबभन्दा ठूलो दलको रुपमा स्थापित भयो । कोइराला नेतृत्वको सरकारमा पछि नेकपा एमाले विभाजन भएपछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी माले सम्मिलित भयो । कोइराला नेपाली काङ्ग्रेसका सभापति तथा संसदिय दलका नेता थिए, त्यसबेला । अल्पमत सरकारका प्रधानमन्त्रीबाट राजीनामा गरेपछि नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायतको संयुक्त सरकारको नेतृत्व गर्दै तेस्रोपटक २०५५ साल पुस ८ गते प्रधानमन्त्रीमा नियुक्त भए । काङ्ग्रेसको इतिहासमा पहिलोपल्ट भएको संसदिय दलको नेताको चुनावमा विजयी भएपछि २०५६ साल चैत ७ गते चौथोपटक प्रधानमन्त्री पदमा नियुक्त भए । उनले २०५८ साल साउन ४ गते पदबाट राजीनामा दिएका थिए ।
जनआन्दोलन २ पछि २०६३ वैशाखमा उनी फेरि पा“चौ पटक प्रधानमन्त्री बनेका थिए । संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उनले प्रधानमन्त्रीबाट राजिनामा दिएका थिए । लोकतन्त्र प्राप्तिपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाएका कोइराला १० बर्ष लामो सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गरेका थिए ।
संसारमै साम्यवादी आन्दोलन संकटमा रहेको चर्चाका बीच पनि कोइरालाले सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन सफल भएकाले पनि उनको नाम विश्वमा चर्चा छ । ०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट प्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवि कम्युनिष्ट विरोधीका रुपमा समेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलनपछिको दशकमा उनको नाम कम्युनिष्ट विरोधीकै पर्यावाचीकै रुपमा आउने गग्र्यो । माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उनी त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चित्रित थिए । राजा ज्ञानेन्द्रले संकटकाल लगाउँदा उनी लगायत अन्य संसदवादी दलका नेताहरुलाई नजरबन्द र गरफ्तार गरेका थिए । पछि उनले २०६२ सालमा जनयुद्ध लडिरहेको कम्युनिष्ट पार्टीस“ग समेत हातेमालो गरेका थिए । युद्धकालमै माओवादीसंग राजतन्त्रबिरुद्ध सहमति गरेपछि काङ्ग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो । तर, कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै अढाई सय वर्ष पूरानो राजतन्त्रका बिरुद्ध आन्दोलनको अगुवाइ गरेका थिए । राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भैसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रभागमा नै थिए । कुनै वेला नेपाली काङ्ग्रेसमा कोइरालावाद हावी भएको भन्दै कोइरालाले आलोचना पनि खेप्नु परेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५