काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
यस्तै, संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।
संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गरी आजकै बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।
जेठ ५ गते संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०, ०८:३७:००