काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।
बिहीबार बसेको जसपाको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई दिएको हो । मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ ।
विस्तार हुन लागेको मन्त्रिपरिषद्मा जसपाले दुई वटा मन्त्रालय पाएको छ । जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९, ०८:५४:००