कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
कावासोतीको खरकट्टा जंगलमा आइतबार बिहान करिब दुई बजेतिर ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किएको थियो । सो दुर्घटनामा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी दाङकै सुदिप राई र विनोद लामा गम्भीर घाइते भएका छन् । उनीहरुको भरतपुरमा उपचार भइरहेको छ भने मृतक राखलको शब पोस्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा पठाइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५