इलाम : इलामको माईपोखरी गेट नजिक सन्दकपुर गाउँपालिकामा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । गाउपालिकाकाे वडा नम्बर एकमा रहेकाे चक्र मुखियाकाे घर बाट शुरु भएकाे आगाे फैलिएर उनकाे भाइ कमल मुखिया र नेम दाेर्जे शेर्पाकाे घर जलेकेा हाे ।
दिउसो एक बजे बाट शुरु भएको आगलागी धार्मिक वन क्षेत्रमा फैलिएकाे जानकारी प्राप्त भएकाे छ । आगो नियन्त्रणका लागि सदरमुकाम ईलामबाट दमकल सहित नेपाली सेना सशस्त्र र प्रहरीको टोली त्यस तर्फ हिँडेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५