गायिका सरु गौतमको नयाँ गीत मेरो प्रेम प्रस्ताव’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा ध्रुव बिस्कोको पुरुष स्वर छ।
कुमार कटुवालले लेखेको गीतमा दिपक शर्माले संगीत भरेका छन् भने म्यूजिक एरेन्ज नरेन्द्र वियोगीले गरेका छन्। गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता दिक्पाल कार्की फिचर्ड छन्।
देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई साहिल खानले सम्पादन र उत्सव दाहालले छायांकन गरेका हुन्।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५