धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि लमजुङ आमा समुह, यूकेले ६ लाख ५५ हजार ८ सय ५० रुपैंया सहयोग गरेको छ ।
सोमबार फाउण्डेशनको कार्यालयमा उक्त सहयोग आमा समुहकी अध्यक्ष जुना गुरुङले धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिन् ।यूकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाईलो साँझ’ बाट संकलन भएको रकम आमा समुहले फाउण्डेशनलाई हस्तान्तरण गरेको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५