आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेकाे फिल्म जानी नजानी काे शीर्ष गीत सार्वजनिक गरिएको छ।
गीतमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ र निरिसा बस्नेतको प्रेमभाव प्रस्तुत गरिएको छ।गीतमा मोदनाथ खनालको शब्द, अर्जुन पोखरेलको संगीत तथा अन्जु पन्त र प्रताप दासको स्वर रहेको छ।
वसन्त अधिकारीद्वारा निर्देशित फिल्ममा सामाजिक कथावस्तुसँगै नेपाली उत्पादन ‘ढाका’ व्यवसाय र त्यसको प्रवर्द्धनको विषय समेटिएको छ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५