बलिउडका सुल्तान हरेक वर्षको इदमा आफ्ना फ्यानलाई उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्ने गर्दछन् । सन् २००९ मा वान्टेड देखि २०१९ मा भारत सम्म इदमा रिलिज हुँदैछ । यो बीचमा सन् २०१३ मा भने उनका साथी शाहरुख खानको फिल्म चेन्नई एक्सप्रेस इदमा रिलिज भएको थियो । नभए २००९ देखि हरेक वर्षको इद सलमानको कब्जा छ ।
इदको मौकामा सलमानसँग बक्सअफिसमा भिडन्त गर्न कोही तयार हुँदैनन् । अर्थात् इद रिलिजमा सलमानको एकछत्र राज हने गर्दछ । तर, अर्को वर्ष अर्थात् २०२० मा भने अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशी रिलिज हुँदैछ ।
अक्षयको इदमा फिल्म रिलिज गर्ने निर्णयलाई लिएर प्रशंसकहरुले सलमानसँग जानी-जानी किन दुश्मनी लिन लागेको ? भन्दै प्रश्न उठाइरहेका छन् । अक्षयले २०२० को इदमा आफ्नो फिल्म रिलिज गर्नका लागि सलमानसँग सोधेका थिए । उनले सूर्यवंशी को रिलिज डेट एनाउन्स गर्नुभन्दा पहिला सलमानलाई फोन गरेका थिए र उनले अक्षयलाई फिल्म रिलिज गर्न अनुमती दिएका छन् ।
अक्षयले अर्को वर्षको इदमा कुनै फिल्म आउँदैछ ? भनेर सलमानसँग सोधेका थिए । सलमानले अहिले आफ्नो सम्पूर्ण ध्यान यस वर्षको इदमा रिलिज हुन लागेको फिल्म भारत मा रहेको बताएका थिए । यसपछि अक्षयले सलमानलाई आफ्नो नयाँ फिल्म सूर्यवंशी नेक्स्ट ईयर इदमा ल्याउन चाहने बताए । सलमानले केही बेर सोचेपछि सूर्यवंशी लाई ग्रीन सिग्नल दिएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५