पोखरा ः मुक्तककार ध्रुवकृष्ण ताम्राकारको मुक्तक सङ्ग्रह ‘स्पन्दन’ को पोखरामा शुक्रबार लोकार्पण गरिएको छ ।
नेपाली लेखक संघ कास्कीद्वारा आयोजित कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, संघका अध्यक्ष गणेश शर्मा, संघका केन्द्रीय सदस्य सूर्य लाकोजूलगायतले सङ्ग्रहको लोकार्पण गरेका हुन् ।
साहित्यकार श्रेष्ठले साहित्य कहिल्यै अरूको बाटोमा नहिँड्ने र आफ्नो बाटो आफैं निर्माण गरेर गन्तव्यमा पुग्ने बताए । कृतिको समीक्षा गर्दै समालोचक प्रा. डा. विष्णुप्रसाद पौडेलले मुक्तक लेखन असाध्यै कठिन कार्य भएको बताए । संघका केन्द्रीय सदस्य सूर्य लाकोजूले सजिलै बुझिने लेखन नै उत्कृष्ट साहित्य भएकाले साहित्य मूलतः पाठक लक्षित हुनुपर्ने बताए ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५