भक्तपुर ः भक्तपुर नगरपालिका गोलमढीमा करेन्ट लागेर आज १ जनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–८ आदर्शचोक बस्ने ४२ वर्षीय गोविन्दप्रसाद छुक्काको करेन्ट लागेर ज्यान गएको हो ।
प्रहरीका अनुसार भगोलमढीस्थित केशव कवाङको घरको माथिल्लो तलामा बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका छुक्काको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५